global ime bank Long Banner Ad

गृहपृष्ठ सभापति देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक

सभापति देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक

सभापति देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । शनिबारका लागि कार्यसम्पादन समितिको बैठक बोलाइएको हो ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कार्यसम्पादन समितिको बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार चुनावको तयारी सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो ।

पाँचदलीय गठबन्धनको नेतृत्व गरेर कांग्रेस ४ मंसिरको चुनावमा होमिँदै छ । गठबन्धन दलबीच सिट बाँडफाँटका लागि गठन गरिएको कार्यदलले पनि काम सुरु गरिसकेको छ ।

कार्यदलको ३० साउनमा बस्ने बैठकमा दलहरुले सिट संख्या नै दाबी गर्ने तयारी गरेपछि शनिबार कार्यसम्पादन समितिको बैठकमा कांग्रेसले दाबी गर्ने सिट संख्याबारे पनि छलफल हुने जनाइएको छ । देशभरका १६५ सिटकै अवस्था विश्लेषण गरेर कांग्रेसले सिट दाबी गर्ने तयारी गरेको छ ।

प्रकाशित समय : १९:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु