global ime bank Long Banner Ad

गृहपृष्ठ आज पनि घट्यो नेप्से, अधिकांश सूचक राताम्मे

आज पनि घट्यो नेप्से, अधिकांश सूचक राताम्मे

आज पनि घट्यो नेप्से, अधिकांश सूचक राताम्मे

बिहीबार नेप्से परिसूचक १९.०६ अंकले र सेन्सिटिभ सूचक ४.०९ अंकले घटेको छ । आव कारोबार रकम पनि घटेकाे छ । आज १ अर्ब ७६ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको छ ।

कुल २२३ कम्पनीको कारोबारमा ६२ लाख ९८ हजार कित्ता सेयर बिक्री भएको हो । आज सामूहिक लगानी कोषबाहेक सबै उपसूचक राताम्य छन् । आज १५० कम्पनीका लगानीकर्ताले गुमाउँदा ३२ कम्पनीकाले मात्रै कमाए । सबैभन्दा धेरै कमाउनेमा हिमालयन हाइड्रोपावर र अपरहेवाखोला हाइड्रोका लगानीकर्ता छन् । उनीहरुले ९.९९ र ९.९८ प्रतिशत आम्दानी गरेका छन् ।

त्यस्तै गुमाउने लगानीकर्ताले आज ८.२३ प्रतिशतसम्म गुमाएका छन् । युनिलिभर नेपाल, बुद्धभूमि नेपाल हाइड्रोपावर, हिमालयन एभरेस्ट इन्स्योरेन्स, समृद्धि फाइनान्स, सामलिङ पावर कम्पनीका लगानीकर्ताले गुमाए ।

सर्वाधिक कारोबार हुनेमा आज शिवम् सिमेन्ट अगाडि छ । कम्पनीको ७ करोड २७ लाखको सेयर किनबेच भएको छ । त्यसपछि हिमालयन डिस्टिलरीको ६ करोड १२ लाख, नेस्डो समृद्ध लघुवित्त, हिमालयन एभरेस्ट इन्स्योरेन्स र नबिल बैंककाे बढी काराेबार भएकाे हाे ।

यसअघि गत साेमबार नेप्से परिसूचक १७.६८ अंकले ओरालो लाग्दा दुई अर्ब ८५ करोड ७० लाख ७२ हजारकाे काराेबार भएकाे थियाे । मंगलबार पनि घटेकाे सेयर बजारमा दुई अर्ब ८१ करोड ५१ लाख ४४ हजारकाे सेयर किनबेच भयाे । त्यस दिन नेप्से १७.६८ अंकले घटेकाे थियाे ।

बुधबार नेप्से ५.९१ अंकले घटेकाे सेयर बजारमा २ सय १८ कम्पनीको ४६ लाख ४० हजार ८ सय ४४ कित्ता खरिद बिक्री हुँदा १ अर्ब ९३ करोड माथिको सेयर कारोबार भएको थियाे ।

प्रकाशित समय : १५:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु