गृहपृष्ठ १६.२४ प्रतिशतले घट्यो विजय लघुवित्तको खुद नाफा
१६.२४ प्रतिशतले घट्यो विजय लघुवित्तको खुद नाफा
काठमाडौं । विजय लघुवित्तको नाफा १६.२४ प्रतिशतले घटेको छ । लघुवित्तको नाफा १० करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो आर्थिक वर्षमा लघुवित्तले १२ करोड ५० लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा संस्थाको खुद ब्याज आम्दानी १०.३५ प्रतिशतले र सञ्चालन नाफा १६.२४ प्रतिशतले घटेपछि खुद नाफामा पनि गिरावट आएको हो ।
यस्तै, लघुवित्तको खराब कर्जा ४.०८प्रतिशत रहेको छ । असार मसान्तसम्म आइपुग्दा लघुवित्तको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ७२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ १६ पैसा रहेको छ ।
प्रकाशित समय : ११:०५ बजे