global ime bank Long Banner Ad

गृहपृष्ठ कोसीटप्पुबाट चित्तलको मासुसहित सिकारी पक्राउ

कोसीटप्पुबाट चित्तलको मासुसहित सिकारी पक्राउ

कोसीटप्पुबाट चित्तलको मासुसहित सिकारी पक्राउ

कोसीटप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारीसहितको संयुक्त पट्रोल टोलीले चित्तलको मासुसहित सिकारीलाई पक्राउ गरेको छ । श्रीलंका टप्पुस्थित भागलपुरबाट एक व्यक्ति चित्तलको मासुसहित पक्राउ परेका हुन् ।

पक्राउपश्चात् उनलाई सोधपुछ गर्ने क्रममा उक्त क्षेत्रबाट अन्य सिकारीलाई पनि पक्राउ गरिएको बताइएको छ । संयुक्त पट्रोल टोलीले एक स्थानीयको घरमा कर्डन गरी सर्च गर्दा अन्य सात जना सिकारी पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिबाट जंगली जनावरको मासु ६३ केजी, भरुवा बन्दुक नाल-२, टिका बारुद प्याकेट-१, खुँडा गोटा-१, खुकुरी गोटा-४ लगायत सामग्री बरामद गरिएको छ । उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको बताइएको छ ।

प्रकाशित समय : ०७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु