काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एन्फाको कार्यसमिति बैठक आज बस्दै

9.7K
shares

अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक आज बिहीबार बस्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बस्ने बैठक बिहान १० बजेबाट सुरु हुने एन्फाले जनाएको छ ।

यस अघि साउन ५ गते डाकिएको कार्यसमितिको बैठक एजेन्डामा प्रवेश नगरी अनिश्चितकालका लागि स्थगित गरिएको थियो । तर, पुरानै एजेन्डालाई अघि सार्दै अध्यक्ष पंकजबिक्रम नेम्वाङले आजका लागि बैठक बोलाएका हुन् ।

आजको बैठकमा यस अघिका १८ र थप गरिएका ४ नयाँ एजेन्डामा छलफल हुने बताइएकाे छ । केन्द्रीय सदस्य पेमा लामाले माग गरेका ४ एजेन्डा थपिएका हुन् ।