गृहपृष्ठ एन्फाको कार्यसमिति बैठक आज बस्दै
एन्फाको कार्यसमिति बैठक आज बस्दै
फाइल तस्बिर ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक आज बिहीबार बस्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बस्ने बैठक बिहान १० बजेबाट सुरु हुने एन्फाले जनाएको छ ।
यस अघि साउन ५ गते डाकिएको कार्यसमितिको बैठक एजेन्डामा प्रवेश नगरी अनिश्चितकालका लागि स्थगित गरिएको थियो । तर, पुरानै एजेन्डालाई अघि सार्दै अध्यक्ष पंकजबिक्रम नेम्वाङले आजका लागि बैठक बोलाएका हुन् ।
आजको बैठकमा यस अघिका १८ र थप गरिएका ४ नयाँ एजेन्डामा छलफल हुने बताइएकाे छ । केन्द्रीय सदस्य पेमा लामाले माग गरेका ४ एजेन्डा थपिएका हुन् ।
प्रकाशित समय : ०६:३६ बजे



















