काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सिभिल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्दै

9.87K
shares

सिभिल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ‘सिभिल बैंक डिबेञ्चर २०८४’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।

बैंकले ५ वर्ष अवधि भएको वार्षिक ११ प्रतिशत ब्याज पाइने ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन पेश गरेको छ । बैंकले सर्वसाधारण र संस्थापकलाई उक्त ऋणपत्र निष्कासन गर्नेछ ।

यस्तै बैंकले अंकित मूल्य १००० रुपैयाँ दरका कुल ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँगै स्वीकृत मागेको हो । कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।