गृहपृष्ठ बाढीले क्षति पुर्‍याएको पुल स्थानीयवासीद्वारा मर्मत गरी सञ्चालन

बाढीले क्षति पुर्‍याएको पुल स्थानीयवासीद्वारा मर्मत गरी सञ्चालन

बाढीले क्षति पुर्‍याएको पुल स्थानीयवासीद्वारा मर्मत गरी सञ्चालन

गोरखाको चुमनुव्री गाउँपालिका–७ मा पर्ने छुले गाउँ र निलेगाउँ जोडने काठेपुल स्थानीयवासीले पुनः मर्मत गरि सञ्चालनमा ल्याएका छन् । गएको बिहीबार आएको भीषणबाढीले छुलेगाउँ र निलेगाउँ जोड्ने छुले खोलामाथिको काठे पुल बगाएपछि गाउँपालिकाको पहलमा जनप्रतिनिधि र स्थानीयवासीले मर्मत गरी सञ्चालनमा ल्याएको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिएकी छन् ।

दैनिक मेला पर्मका लागि ओहोरदोहोर गर्नुपर्ने छुले र निलेगाउँका बासिन्दा पुलको अभावमा वारी पुगेका वारी र पारी पुगेका पारी नै रोकिएका थिए । स्थानीवासीले झण्डै तीन दिनपछि आवाज जावत गर्नसक्ने गरी पुल सञ्चालनमा ल्याएको उपाध्यक्ष गुरुङले जानकारी दिईन् ।

सडक सञ्जालको पहुँच नपुगेको उक्त गाउँपालिकामा अधिकांश खोलामा काठेपुल निर्माण गरेर आवातजावत गर्नुपर्ने बाध्यता छ । बर्खा लागेसंगै खोलाले काठे पुल बगाउने गरेकाले हरेक वर्ष यहाँका नागरिकले आउजाउमा हैरानी खेप्दै आउनु परेको थियो । ती दुई गाउँमा करिब ६० घर परिवार बसोबास गर्दै आएका छन् ।

प्रकाशित समय : १७:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु