गृहपृष्ठ गगन थापा र बालेन साहको भेट, के भयो कुराकानी ?

गगन थापा र बालेन साहको भेट, के भयो कुराकानी ?

गगन थापा र बालेन साहको भेट, के भयो कुराकानी ?

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच भेटवार्ता भएको छ ।

मेयर साहसँगको भेटमा काडमाडौँको फोहोर व्यवस्थापनका विषयमा कुराकानी भएको महामन्त्री थापाले जानकारी दिए ।

बुधबार महानगर प्रमुख साहसँग फोहोर व्यवस्थापनसँगै सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापनका विषयमा छलफल भएको उनले बिहीबार जानकारी दिए ।

‘हिजो काठमाडौँ महानगर प्रमुखज्यूसँग काठमाडौँको फोहोर मैलाको व्यवस्थापन,सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन,सहरी स्वास्थ्य सेवालगायतका विषयमा अर्थपूर्ण छलफल भयो । काठमाडौँको महानगरको सकारात्मक पहलकदमीमा मेरो निरन्तर साथ रहने छ,’ उनले भने ।

प्रकाशित समय : १७:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु