गृहपृष्ठ अमेरिकी राष्ट्रपति बाइडन पुनः कोरोना संक्रमित
अमेरिकी राष्ट्रपति बाइडन पुनः कोरोना संक्रमित
अमेरिकी राष्ट्रपति जो बाइडन फेरि कोरोना संक्रमित भएका छन् । राष्ट्रपति बाइडन सबैभन्दा पहिले २१ जुलाईमा कोरोनाबाट संक्रमीत भएका थिए ।
उनमा कोरोना संक्रमणको सामान्य लक्षणहरु थिए । त्यसपछि गत मंगलबारदेखि शुक्रबारसम्म चार पटक गरिएका परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । तर अहिले फेरि बाइडनमा कोरोना संक्रमण देखिएको बीबीसीले जनाएको छ । उनका डाक्टरहरुले यसलाई ‘रिबाउन्ड इन्फेक्सन’ भनेका छन् ।
उनले आफूमा कोरोना संक्रमणका कुनै लक्षण नदेखिए पनि आफू आइसोलेसनमा रहने बताएका छन् ।
प्रकाशित समय : १२:०४ बजे


















