global ime bank Long Banner Ad

गृहपृष्ठ जनार्दन शर्माले आजै अर्थमन्त्रीको शपथ लिने

जनार्दन शर्माले आजै अर्थमन्त्रीको शपथ लिने

जनार्दन शर्माले आजै अर्थमन्त्रीको शपथ लिने

नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले पुनः अर्थमन्त्रीको शपथ लिने भएका छन् । स्रोतका अनुसार शर्माको शपथको तयारी भइसकेको छ ।

पार्टीमा छलफल गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै शर्माको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउँदै छन् । प्रधानमन्त्रीले शर्माको नाम शीतल निवास पठाएपछि राष्ट्रपतिबाट आजै उनले पद तथा गोपनीयताको शपथ लिने छन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्ने अघिल्लो दिन करका दर हेरफेर गराउन अनधिकृत व्यक्ति ल्याएको भन्ने आरोप लागेपछि तत्कालीन अर्थमन्त्री शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए । सोही दिन उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको थियो ।

समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाएको हो । अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाण नभेटिएको समितिको निष्कर्ष छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद्ले भने फरक मत बुझाएका छन् । समितिले बहुमतका आधारमा प्रतिवेदन बुझाएको हो ।

प्रकाशित समय : १२:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु