काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

१६ लाखको लागतमा देवचुलीमा दूध संकलन केन्द्र स्थापना, स्थानिय कृषक हर्षित

10.02K
shares

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकामा दूध संकलन केन्द्र स्थापना भएको छ । देवचुली–७ सीताबासको युनिक कृषि तथा पशुपालन समूहले १६ लाखको लागतमा दूध संकलन केन्द्र स्थापना गरेको हो ।

युनिक कृषि तथा पशुपालन समूहका अध्यक्ष डिल्लीराम काफ्लेका अनुसार दूध संकलन केन्द्रमा फिस्टेल डेरीले आठ लाख बराबरको दुई हजार लिटर क्षमताको ट्याङ्की, एक लाख बराबरको जेनेरेटर र देवचुली नगरपालिकाले चार लाख बराबरको अस्थायी भवनको सहयोग गरेको छ । दूध संकलन केन्द्रका लागि पशुपालन समूहले तीन लाख ऋण लगानीमा थ्री फेस लाइन, क्यान र अन्य आवश्यक भाडाकुँडा खरिद गरी सहयोग गरेको काफ्लेले जानकारी दिए ।

दूध संकलन केन्द्र बिहीबारदेखि सञ्चालनमा आएको हो । देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपानेले कृषकले दूध बिक्री गर्न टाढा जानुपर्ने बाध्यता हटेको बताए । दूध संकलन केन्द्र सञ्चालनमा आए संगै स्थानिय कृषक हर्षित भएका छन् ।

यस्तै नगरप्रमुख न्यौपानेले कृषकलाई समानुपातिक ढङ्गले चोक्कर वितरण गर्ने उल्लेख गर्दै नगरभित्र दानाको मूल्य न्यूनीकरण गर्न पहल गर्ने बताए । यसअघि दूध संकलन केन्द्र नहुँदा यहाँका कृषक धारापानी र दलदले पुग्नुपर्ने अवस्था थियो ।