nmb bank

गृहपृष्ठ नेपाल बैंक र एनसेलबीच सम्झौता

नेपाल बैंक र एनसेलबीच सम्झौता

नेपाल बैंक र एनसेलबीच सम्झौता

नेपाल बैंक लिमिटेड र एनसेल एक्सीयाटाबीच सम्झौता भएको छ । सम्झौतासँगै नेपाल बैंकका ग्राहकले नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा एनसेलले डाटा निःशुल्क उपलब्ध गराउने छ ।

मंगलबार भएको सम्झौता पत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र एनसेल एक्सीयाटाका प्रमुख कार्यकारी अधिकृत एण्डी चोंगले हस्ताक्षर गरे । अबदेखि नेपाल टेलिकम र एनसेल दुवैको नेटवर्कमार्फत् नेपाल बैंकका ग्राहकले यस बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा कुनै डाटा शुल्क लाग्ने छैन ।

डिजिटल बैकिङलाई प्रवर्द्धन गरी ग्राहकलाई नगदरहित कारोबारमा अभ्यस्त बनाउने उद्देश्यले यस्तो योजना ल्याएको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकारीले ग्राहकको सेवा सुविधालाई मध्यनजर गरी एनसेलसँग सहकार्य गरिएको बताए । आगामी दिनमा एनसेलसँगको सम्बन्ध थप मजबुत हुने विश्वास पनि उनले व्यक्त गरे ।

त्यसैगरी एनसेका प्रबन्धक निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत चोंगले नेपालको पहिलो बैंकसँग व्यवसायिक साझेदारी गर्न पाउँदा आफू निकै हर्षित भएको बताए ।

नेपाल बैंकले २१९ शाखा, १८३ एटीएम साथै ४७ एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय : १३:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु