moneygram ime

गृहपृष्ठ घरेलु समिति रसुवाद्धारा उद्यमीलाई सामग्री प्रदान, रोजगारीमा प्रोत्साहन गर्ने उद्देश्य

घरेलु समिति रसुवाद्धारा उद्यमीलाई सामग्री प्रदान, रोजगारीमा प्रोत्साहन गर्ने उद्देश्य

घरेलु समिति रसुवाद्धारा उद्यमीलाई सामग्री प्रदान, रोजगारीमा प्रोत्साहन गर्ने उद्देश्य
citizen life insurance

घरेलु समिति रसुवाले गाउँ समाजमा छरिएर रहेका उद्यमीलाई प्रोत्साहनस्वरुप प्रविधि हस्तान्तरण गरेको छ ।

सिपको सदुपयोग गर्दै आयआर्जनमा लगनशील भएका तर आर्थिक अभावका कारण काम गर्ने सामग्री नभएका उद्यमीलाई प्रविधि व्यवस्थापनअन्तर्गत सामग्री उपलब्ध गराई नियमित रोजगारीमा लगनशील गराउन प्रोत्साहन गरेको हो ।

सार्वजनिक सूचनामार्फत खुलारूपमा संकलन गरिएको माग फारमलाई सम्बोधन गर्दै उपलब्ध गराइएका सामग्रीले रोजगारीमा दिगोपन हुने अपेक्षा घरेलु समितिले गरेको छ ।

सामग्री गत वर्षको कार्यक्रमअनुसार उपलब्ध गराइएको हो । प्रविधि हस्तान्तरण कार्यअन्तर्गत ८० प्रतिशत सरकारी अनुदान एवं किसानको तर्फबाट २० प्रतिशत रकम जम्मा गरी दर्ता भएका विभिन्न ५६ उद्यमी र फर्मलाई सामग्री खरिदको व्यवस्था गरिएको हो ।

प्रविधि हस्तान्तरण कार्य नीतिअनुरूप उद्योगको कार्य क्षमताको आधारमा प्रति उद्योग ३० देखि  ४० हजारसम्म उपलब्ध गराइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख आशिष दाहालले जानकारी दिए ।

प्रकाशित समय १०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

muktinath bikas bank