गृहपृष्ठ सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का

सिन्धुपाल्चोकमा आज बिहान भूकम्पको धक्का मापन गरिएको छ । त्यसको धक्का काठमाडौंसहित आसपासका जिल्लामा महसुस गरिएको थियो ।
बिहान ६ बजेर ७ मिनेटमा सिन्धुपाल्चोकको इचोक आसपास केन्द्रविन्दु भएको ४.७ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यो विनाशकारी ‘गोरखा भूकम्प’को परकम्प भएकाे केन्द्रले जनाएकाे छ ।
प्रकाशित समय : ०७:०२ बजे