गृहपृष्ठ महिला युरोकप : स्विडेन अन्तिम चारमा
महिला युरोकप : स्विडेन अन्तिम चारमा
इंग्ल्याण्डमा जारी महिला युरोपियन च्याम्पियनसिपमा स्विडेनले अन्तिम चारमा स्थान बनाएको छ । शुक्रबार राति भएको क्वार्टरफाइनलमा बेल्जियमलाई १-० ले पराजित गर्दै स्विडेनले सेमिफाइनल यात्रा तय गरेको हो ।
स्विडेनले केही दबाबमा राखेको खेलमा गोलरहित बराबरी भएको थियो । तर इन्जुरी समयमा स्विडेनका लागि लिन्डा सेम्ब्रान्टले गरेको एक मात्र गोल निर्णायक हुँदा बेल्जियम प्रतियोगितबाट बाहिरियो ।
बेल्जियमविरुद्ध स्विडेनले गोलका निकै प्रयास गरे पनि सफल भएन । ३३ सट प्रहार गरे पनि उसले १० सट टार्गेटमा राखेको थियो ।
स्विडेनले अब सेमिफाइनलमा आयोजक इंग्ल्याण्डको सामना गर्नेछ ।
प्रकाशित समय : ०९:४८ बजे



















