गृहपृष्ठ नारायणगढ-मुग्लिन सडक अवरुद्ध
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
फाइल तस्बिर ।
पहिराका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध बनेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका-५, खहरेखोलामा आज बिहान ८:१० बजेको समयमा माथिबाट पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको हो ।
अहिले पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सई रविन विष्टले जानकारी दिए ।
प्रकाशित समय : १०:३७ बजे



















