गृहपृष्ठ ‘कांग्रेसले प्रजातान्त्रिक लडाईंमा सहिद भएकाहरूलाई उचित सम्मान दिन सकेन’
‘कांग्रेसले प्रजातान्त्रिक लडाईंमा सहिद भएकाहरूलाई उचित सम्मान दिन सकेन’
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातान्त्रिक लडाईंमा सहिद भएकाहरूलाई नेपाली कांग्रेसले उचित सम्मान दिन नसकेको आरोप लगाएका छन् । भीमदत्त पन्त लगायतका सहिदलाई कहिल्यै आफ्नो सहिद नमानेको भन्दै उनले कांग्रेसलाई भीमदत्त पन्तको नाम लिँदा पनि सिरिंग हुने बताए ।
नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएर छोड्ने अध्यक्ष ओलीले बताएका छन् । शनिबार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४औं स्मृति दिवसलाई सम्बोधन गर्दै ओलीले पार्टी अध्यक्षको हैसियतमा आफू पुष्पलाल र अन्य अग्रजहरूले देखाएको बाटोबाट विचलित नहुने प्रण गरे ।
उनले अध्यक्ष ओलीले देशको सबैभन्दा सचेत, संगठित, सवल, विस्तृत, परिवर्तनकारी शक्ति नेकपा एमाले नै रहेकोले पार्टीलाई अझै सशक्त बनाएर लैजाने बताए । ‘आज देशको सबैभन्दा सचेत, संगठित, सवल, विस्तृत, परिवर्तनकारी शक्ति र सबैभन्दा सवल शक्तिको रुपमा, सबैभन्दा बलियो शक्तिको रुपमा पुष्पलालले स्थापना गर्नुभएको नेकपा एमाले यो ठाउँमा छ,’ उनले भने ।
प्रकाशित समय : ११:५५ बजे


















