गृहपृष्ठ जापानले पूर्वप्रधानमन्त्री आबेको सम्मानमा ‘राष्ट्रिय अन्त्येष्टि’ गर्ने
जापानले पूर्वप्रधानमन्त्री आबेको सम्मानमा ‘राष्ट्रिय अन्त्येष्टि’ गर्ने
जापानले पूर्वप्रधानमन्त्री सिन्जो आबेको सम्मानमा ‘राष्ट्रिय अन्त्येष्टि’ कार्यक्रम गर्ने भएको छ ।
सरकारले शुक्रबार यस्तो घोषणा गरेको हो । कार्यक्रम सेप्टेम्बर २७ मा गरिनेछ । उक्त अन्त्येष्टिमा विदेशी नेताहरू सहभागी हुने अपेक्षा गरिएको छ । यो समारोह टोकियोको निप्पोन बुडोकानमा आयोजना गरिनेछ ।
सरकारी प्रवक्ता हिरोकाजु मात्सुनोले जापानको सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्रीको रूपमा आबेको रेकर्ड, उनका प्रशंसनीय उपलब्धिहरू र विदेशी नेताहरूसँगको उनको सम्बन्धले राष्ट्रिय अन्त्येष्टि उपयुक्त बनाएको बताए ।
जुलाई ८ मा पश्चिमी सहर नारामा आबेलाई गोली हानिएको थियो । उनका आरोपित हत्यारा टेत्सुया यामागामी हिरासतमा छन् र उनले आबेलाई निशाना लगाएको स्वीकार गरेका छन् । तर, उनले जापानका पूर्व प्रधानमन्त्री आवे पनि चर्चसँग सम्बन्धित रहेको र उनकी आमाले पनि चर्चलाई दिएको ठूलो अनुदानका कारण आफ्नो जीवन दयनीय बनेकोले चर्चसँग सम्बन्ध रहेका पूर्वप्रधानमन्त्री आबेलाई आक्रमण गरेको बयान दिएका बताइएको छ ।
प्रकाशित समय : ०९:४० बजे


















