गृहपृष्ठ छानबिन समितिलाई बयान दिन सिंहदरबार पुगे पूर्वअर्थमन्त्री शर्मा

छानबिन समितिलाई बयान दिन सिंहदरबार पुगे पूर्वअर्थमन्त्री शर्मा

छानबिन समितिलाई बयान दिन सिंहदरबार पुगे पूर्वअर्थमन्त्री शर्मा फाइल तस्बिर ।

पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग संसदीय विशेष छानबिन समितिले सोधपुछ सुरु गरेको छ । बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेशका बारेमा समितिले आजबाट शर्मासँग साेधपुछ सुरु गरेको हो ।

पूर्वअर्थमन्त्री शर्मा आज बिहान ८ बजेका लागि बोलाइएको समिति बैठकमा केही समय ढिलो गरी पुगेका थिए । बैठक सिंहदरबारस्थित अर्थसमितिको हलमा सुरु भएको छ ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ । उक्त आरोपबारे छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो । पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट असार २२ गते राजीनामा दिएका थिए ।

प्रकाशित समय : ०९:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु