गृहपृष्ठ नेपाल बैंक र नेपाल रेमिटबीच रेमिट्यान्ससम्बन्धी सम्झौता
नेपाल बैंक र नेपाल रेमिटबीच रेमिट्यान्ससम्बन्धी सम्झौता

नेपाल बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेशनल प्रालिबीच रेमिट्यान्ससम्बन्धी सम्झौता भएको छ । एक कार्यक्रमका बिच नेपाल बैंक लिमिटेडका प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेपाल रेमिट इन्टरनेशनलका अध्यक्ष रितेश मित्तलले सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।
नेपाल रेमिट इन्टरनेशनल प्रालिमार्फत आएको रेमिट्यान्स नेपाल बैंक लिमिटेडको सम्पूर्ण शाखा, एक्स्टेन्सन काउन्टर तथा बैंकका सव एजेन्टले भुक्तानी गर्ने सम्झौता भएको छ । यस सम्झौतामार्फत देश तथा विदेशमा रहेका सम्पूर्ण ग्राहकहरुले सहज र सूलभ तरिकाले रेमिट्यान्स कारोबार गर्न सकिने विश्वास लिइएको छ ।
नेपाल बैंक लिमिटेडले ८५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । नेपालभर २१९ शाखा, ४७ वटा एक्स्टेन्सन काउन्टर, २६० भन्दा बढी रेमिट्यान्स भूक्तानी गर्ने सब-एजेन्ट, ५ हजारभन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय : ०९:४२ बजे