गृहपृष्ठ नारायणकाजीको प्रस्ताव : वामपन्थी शक्तिबीच तालमेल गरौँ

नारायणकाजीको प्रस्ताव : वामपन्थी शक्तिबीच तालमेल गरौँ

नारायणकाजीको प्रस्ताव : वामपन्थी शक्तिबीच तालमेल गरौँ

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वमपन्थी शक्तिहरुबीच तालमेलको प्रस्ताव गरेका छन् ।

काठमाडौँमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै श्रेष्ठले वमपन्थी शक्तिहरुबीच विभाजन हुँदा मुलुकको राष्ट्रियता कमजोर भएको भन्दै वामपन्थी शक्तिबीच तालमेलको प्रस्ताव गरेका हुन् ।

‘बामपन्थी शक्तिहरु दुई तिहाईमा छन् तर अहिले एकअर्कालाई सिध्याउने तल पार्ने कार्यमा लागिरहेका छन्, तुम शेर तो हम सवाशेर भन्ने प्रतिस्पर्धा अझै छ,’ श्रेष्ठले भने, ‘तर यस्तो प्रवृतिले मुलुकको राष्ट्रियता र सार्वभौमसत्तालाई जोगाउन सक्दैन, बामपन्थी शक्तिहरु एक हुनुपर्छ, बामपन्थीहरुबीच तालमेल र मोर्चा गर्न जरुरी छ ।’

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन गरेकोमा आत्माआलोचना गर्दै श्रेष्ठले भने, ‘म वामपन्थी शक्तिहरुबीचको तालमेलका लागि आग्रह गर्दछु ।’

प्रकाशित समय : १७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु