गृहपृष्ठ ‘नेपाललाई श्रीलंका हुन नदिन भ्रष्टाचार निर्मूल गर्नुपर्छ’

‘नेपाललाई श्रीलंका हुन नदिन भ्रष्टाचार निर्मूल गर्नुपर्छ’

‘नेपाललाई श्रीलंका हुन नदिन भ्रष्टाचार निर्मूल गर्नुपर्छ’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाललाई श्रीलंका हुनबाट जोगाउन भ्रष्टाचार निर्मूल गर्नुपर्नेमा जोड दिएका छन् । सबैले भ्रष्टाचार गर्दैनौँ भनेर प्रतिबद्ध भएको अवस्थामा मुलुक श्रीलंका हुनबाट जोगिने उनको भनाइ थियो ।

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य डा. कोइरालाले भने, ‘हाम्रा नेतृत्वहरु अहिले पनि के नेपाल श्रीलंकाजस्तै हुन्छ भन्दै हिँडेका छन् तर सुशासन दिन्छौँ, पारदर्शिता अपनाउँछौँ, भ्रष्टाचार गर्दैनौँ भन्नुपर्छ । यति गर्न हामी श्रीलंका बन्दैनौँ ।’

देश अप्ठ्यारो परिस्थितिबाट भने अगाडि बढिरहेकोे छ तर नेतृत्वहरुले बुझेर पनि बुझ पचाएका टिप्पणी उनले गरे । ‘नेपाल श्रीलंका बन्न लागेकोप्रति सबै नेपालीलाई चिन्ता छ,’ नेता डा. काइरालाले भने, ‘सबै नेपालीले कम्मर कसेर अठोट गरे अहिलेको अवस्थाबाट पार लगाउन सकिन्छ ।’

प्रकाशित समय : १७:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु