global ime bank Long Banner Ad

गृहपृष्ठ ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । मनोज ज्ञवालीले कार्यकाल बाँकी छँदै पदबाट राजीनामा दिएपछि भट्टलाई सिइओ नियुक्त गरिएको हो ।

भट्टले नेपाल इन्भेष्टमेन्ट बैंकबाट सन् १९९८ देखि बैंकिङ करिअर सुरु गरेका हुन् । उनी इन्भेष्टमेन्ट बैंकको सहायक महाप्रबन्धकसम्म भएका थिए । त्यसपछि उनी नायब प्रमुख कार्यकारी अधिकृत भएर मेगा बैंक गए । मेगा बैंकमा ६ महिना काम गरे । त्यसपछि २०७५ भदौमा भट्ट आइएमई लाइफ इन्स्योरेन्सको सिइओ भए । भट्टसँग रेमिट टु नेपाल प्रालिको सिइओको अनुभव पनि छ ।

ज्योति विकास बैंकको सिइओ नियुक्त भएपछि उनले आइएमई लाइफको सिइओबाट राजीनामा दिएका हुन् ।

प्रकाशित समय : १९:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु