गृहपृष्ठ नेपाल बैंकद्वारा ‘पायनियर बचत खाता’ सञ्चालन
नेपाल बैंकद्वारा ‘पायनियर बचत खाता’ सञ्चालन
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले उच्च ब्याजदरसहित आकर्षक विशेषताहरु भएको नेपाल बैंक पायनियर बचत खाता सञ्चालनमा ल्याएको छ । सो बचत खातामा उच्च व्याजदर वार्षिक ८.०३ प्रतिशत रहेको छ भने १० लाख रूपैयाँसम्मको निःशुल्क दुर्घटना बिमा सुविधासमेत दिइएको छ ।
यसैगरी पायनियर बचत खाता खोल्ने ग्राहकले निःशुल्क डेबिट र क्रेडिट कार्ड सुविधा, निःशुल्क डिजिटल बैंकिङ सुविधाहरु, लकर सुविधामा ५० प्रतिशत छुट, निःशुल्क डिम्याट खाता तथा सिआस्वा लगायतका सुविधाहरु पाउनेछन् ।
नेपालभर २१९ शाखा, १८२ एटीएम साथै ४७ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंकले हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा सुविधा प्रदान गरिरहेकाे छ ।
प्रकाशित समय : १९:३३ बजे



















