गृहपृष्ठ बारा–पर्सामा ‘टोर्नेडो’ नै आएको हो ? अध्ययन टोली फर्कियो
बारा–पर्सामा ‘टोर्नेडो’ नै आएको हो ? अध्ययन टोली फर्कियो
बारा–पर्सामा आएको हावाहुरीका विषयमा स्थलगत अध्ययन गरेर मौसमविद्को टोली काठमाडौं फर्किएको छ । हावाहुरीबाट २९ जनाको मृत्यु भएपछि मौसमविद्को टोलीस्थलगत अध्ययन गर्न प्रभावित क्षेत्र गएको थियो । नेपालमा पहिलोपटक धेरै क्षति हुनेगरी हावाहुरी आएपछि अनुसन्धान गर्न टोली प्रभावित क्षेत्र पुगेको हो ।
वैज्ञानिकहरुले हावाहुरी ‘टोर्नेडो’ भएको दाबी गरेका छन् । टोलीले ‘टोर्नेडो’ हो या हैन भन्ने विषयमा केहीदिनमा सार्वजनिक गर्ने बताएको छ । हावाहुरी प्रभावित क्षेत्रमा मौसमी स्टेसन र राडार नभएका कारण अनुसन्धानमा कठिन भएको छ ।
विभागका महानिर्देशक सरजु वैद्यका अनुसार भूउपग्रहबाट प्राप्त तस्बिर र स्थलगत अध्ययनका आधारमा अनुसन्धान भइरहेको छ । हावाहुरीको पूर्वानुमान नभएका कारण धेरै क्षति भएको भन्दै आलोचना भइरहेको छ ।
प्रकाशित समय : १८:१६ बजे




















