गृहपृष्ठ चिकित्सकको आन्दोलनले ५० हजार बिरामीको बिचल्ली
चिकित्सकको आन्दोलनले ५० हजार बिरामीको बिचल्ली
सरकारी चिकित्सकहरुको आन्दोलनका कारण बिरामीहरु मारामा परेका छन् । कर्मचारी समायोजनको विरोध गर्दै चिकित्सकहरुले गत शुक्रबादेखि देशभरका सरकारी अस्पतालको आकस्मिक बाहेकका अन्य सेवा ठप्प पारेका छन् ।
उनीहरुको आन्दोलनका कारण उपचार गराउन अस्पताल पुगेका बिरामीहरु उपचार नगरि फर्किन बाध्य भएका छन् । उपचार नपाएपछि बिरामीहरुको बिचल्ली भएको छ ।
आन्दोलनका कारण दैनिक ५० हजार बिरामीले स्वास्थ्य सेवा लिन नपाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चिकित्सकले आन्दोलन सुरु गरेको चारदिन पुग्दा समेत वार्ता हुन सकेको छैन । माग सम्बोधन नभएसम्म आन्दोलन फिर्ता नलिने चिकित्सकहरुले चेतावनी दिएका छन् ।
माग पुरा नगरे सामुहिक राजीनामा दिने चिकित्सकहरुले चेतावनी दिएका छन् । आन्दोलनको नेतृत्व सरकारी चिकित्सक संघ (गोदान)ले गरेको छ ।
प्रकाशित समय : १७:३८ बजे



















