global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ मिथिलाञ्चलमा चैती छठ सुरू

मिथिलाञ्चलमा चैती छठ सुरू

मिथिलाञ्चलमा चैती छठ सुरू

मिथिलाञ्चलमा चैती छठ आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष चैत तृतीया तिथिदेखि हुने चैती छठ आजदेखि विधिवत रुपमा सुरु भएको हो ।

चैती छठ पर्वको आज पहिलो दिन व्रत बसेका महिलाले माछा, कोदो, लसुन, प्याज बार्ने गर्छन् । छठको दोस्रो दिन भोली नहाय खाय मनाइन्छ । चैत २७ गतेको दिन खरना विधि अपनाइन्छ भने २८ गते साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने परम्परा छ । सो दिनलाई पारन भनिन्छ र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर चैती छठ सम्पन्न सकिने परम्परा छ ।

महाभारतअनुसार द्रौपदीसहित पाण्डव गुप्तबासमा रहँदा उक्त गुप्तबास सफल होस् भनी सूर्य देवतालाई आराधना गरेको पाइन्छ । त्यस्तै, सूर्य पुराणअनुसार अनसूयाले छठव्रत बस्दा उनको अटल शौभाग्य र मनोकांक्षा पूरा भएपछि छठपर्व गर्ने परम्परा सुरू भएको मान्यता रहिआएको छ ।

प्रकाशित समय : १७:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु