global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ कांग्रेस शीर्ष नेताको बैठक देउवा निवासमा

कांग्रेस शीर्ष नेताको बैठक देउवा निवासमा

कांग्रेस शीर्ष नेताको बैठक देउवा निवासमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समिति गठनका लागि शीर्ष नेताको बैठक बसिरहेकाे छ । गत शनिबार बोलाइएको केन्द्रीय समितिको बैठक बस्न नसकेपछि सहमति जुटाउन सभापति देउवाले शिर्ष नेताको बैठक आफ्नै निवासमा बोलाएका हुन् ।

प्रवक्ता विश्वप्रकाश शर्माले कार्यसम्पादन समिति गठनका विषयमा छलफल गर्न सभापति देउवाले बैठक बोलाएको जानकारी दिए । कार्यसम्पादन समितिमा सभापति देउवा र नेता रामचन्द्र पौडेलबीच भागबण्डा मिलेको बताइएको छ ।

सभापति देउवाले बोलाएको शीर्ष नेताहरुको बैठक नेता कृष्ण प्रसाद सिटौलाले भने बहिष्कार गरेका छन् । तर, नेता  सिटौला पक्षले असन्तुष्ट जनाएपछि शनिबारको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो ।

प्रकाशित समय : १७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु