गृहपृष्ठ सुनवल नगरपालिकाको फाइल अख्तियारको नियन्त्रणमा
सुनवल नगरपालिकाको फाइल अख्तियारको नियन्त्रणमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको सुनवल नगरपालिकाको फाइल नियन्त्रणमा लिएको छ । बुटवलबाट खटिएको टोलीले आइतबार ठेक्कासम्बन्धी दुई फाइल नियन्त्रणमा लिएको हो ।
मापदण्डविपरीत काम भइरहेको भनी उजुरी परेपछि कार्यालयले अनुसन्धानको क्रममा ठेक्कासम्बन्धी फाइल नियन्त्रणमा लिएको हो । सुनवल नगरपालिकाले यसअगावै आफ्नो क्षेत्रभित्र पर्ने पानभारखोला जर्गाह पुलदेखि उत्तर र पानभारखोला जर्गाह पुलदेखि दक्षिण गरी दुई स्थानमा नदीजन्य सामग्री निकाल्नका लागि ठेक्का लगाएको थियो ।
टोलीले पानभारखोला जर्गाह पुलदेखि उत्तरसँग सम्बन्धित ७७ प्रति र पानभारखोला जर्गाह पुलदेखि दक्षिणसँग सम्बन्धित ८९ प्रति कागजात नियन्त्रणमा लिएको हो। अख्तियार टोलीले खोलाक्षेत्रको समेत अनुगमन गरेको आयोग बुटवलले जनाएको छ ।
प्रकाशित समय : १७:०० बजे



















