गृहपृष्ठ भूमध्य सागरमा डुंगा दुर्घटना, ६५ जनाको मृत्यु
भूमध्य सागरमा डुंगा दुर्घटना, ६५ जनाको मृत्यु
आप्रवासी चढेको एक डुंगा भूमध्य सागरमा दुर्घटना भएको छ । दुर्घटनामा ६५ जनाको मृत्यु भएको छ ।
लीबियाबाट युरोप जाने क्रममा आप्रवासी चढेको डुंगा भूमध्यसागरमा दुर्घटना भएको हो । १६ जनाको सकुसल उद्दार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उद्दार गरिएका व्यक्तिका अनुसार डुंगा बिहीबार लिबियाबाट प्रस्थान गरेको थियो । समुद्रमा उठेका ठूला छालका कारण दुर्घटना भएको बताइएको छ ।
दुर्घटनापछि माछा मार्ने डुंगा प्रयोग गरी उनीहरुको उद्दार गरिएको थियो । यो वर्ष मात्र करिब १७ हजार आप्रवासी र शरणार्थि समुद्री माध्यमबाट युरोप प्रवेश गरेका छन् । गत वर्ष पनि डुंगा दुर्घटनाकै कारण साढे ४ सयको मृत्यु भएको थियो भने यो वर्ष मात्रै १६४ जनाको मृत्यु भइसकेको छ ।
प्रकाशित समय : १४:२६ बजे




















