गृहपृष्ठ रेडियोकर्मी सुरज श्रेष्ठ रहेनन्
रेडियोकर्मी सुरज श्रेष्ठ रहेनन्
रेडियोकर्मी सुरज श्रेष्ठको निधन भएको छ । लामो समयदेखि मोर्टार न्यूरोन डिजिज (एमएनडी) बाट पीडित श्रेष्ठको गएराति ओम अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
४५ वर्षीय श्रेष्ठ इमेज एफ.एम.मा कार्यरत थिए । धरानका श्रेष्ठले पूर्वबाट प्रकाशित हुने ब्लास्ट टाइम्समा पनि काम गरेका थिए । यस्तै ‘नयाँ परिवर्तन साप्ताहिक’ को सम्पादक हुँदै उनी नेपाली पत्रकारिता नयाँ पहिचान बनाउन सफल भएका थिए । २०५६ सालमा उनी इमेज एफएमको स्टेशन म्यानेजरसमेत बनेका थिए ।
श्रेष्ठले इमेज एफएममा ‘इमेज पप’ लगायतका लोकप्रिय कार्यक्रम चलाएका थिए । श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन् ।
प्रकाशित समय : १४:०४ बजे



















