गृहपृष्ठ प्रहरी हिरासतमा आत्महत्याको प्रयास गरेका समीरको मृत्यु
प्रहरी हिरासतमा आत्महत्याको प्रयास गरेका समीरको मृत्यु
इलाका प्रहरी कार्यालय रत्ननगरको थुनुवाकक्षमा आत्महत्याको प्रयास गरेका समीर घिसिङको मृत्यु भएको छ । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घिसिङको पुरानो मेडिकल कलेजमा शुक्रबार राति ११ बजे मृत्यु भएको हो । चोरीे अभियोगमा वैशाख २५ गते पक्राउ परेका कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय घिसिङले २६ गते दिउँसो थुनुवाकक्षमा रहेको शौचालयमा झुण्डिएर आत्महत्याको प्रयास गरेका थिए ।
प्रहरीको कमजोरीका कारण घिसिङले आत्महत्याको प्रयास गरेको भन्दै बिहीबार स्थानीयले राजमार्ग अवरुद्ध गर्नुका साथै इलाका प्रहरी कार्यालय र प्रहरी चौकी पदमपुरमा तोडफोड गरेका थिए ।
प्रकाशित समय : १३:५१ बजे



















