global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ मिडिया काउन्सिल विधेयक फिर्ता लिन पत्रकार महासंघको माग

मिडिया काउन्सिल विधेयक फिर्ता लिन पत्रकार महासंघको माग

मिडिया काउन्सिल विधेयक फिर्ता लिन पत्रकार महासंघको माग

नेपाल पत्रकार महासंघले मिडिया काउन्सिलसम्बन्धी संसदमा दर्ता भएको विधेयक फिर्ता लिन माग गरेको छ । महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै विधेयकको पुनः मस्यौदा गर्नु माग गरेको हो ।

विधेयकका प्रावधानहरुले मिडिया काउन्सिल सरकार नियन्त्रित अंगका रुपमा स्थापित हुनुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने महासंघको विज्ञप्तिमा उल्लेख छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रेस काउन्सिललाई विस्थापन गर्ने गरी मिडिया काउन्सिल स्थापना गर्ने व्यवस्था सहितको विधेयक संसदमा दर्ता गराएको छ । महासंघले विधेयक फिर्ता लिन माग गर्दै दवाब मुलक कार्यक्रम पनि तय गरेको छ ।

सरोकार पक्षसमेतको छलफल र सहमतिमा संविधानको मूल भावना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी अन्तर्राष्ट्रिय मूल्य, मान्यताका आधारमा विधेयक ल्याइनुपर्ने महासंघको माग छ ।

प्रकाशित समय : १३:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु