global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ ९ महिनामै पाँच अर्बको चामल आयात

९ महिनामै पाँच अर्बको चामल आयात

९ महिनामै पाँच अर्बको चामल आयात

यो आर्थिक वर्षको ९ महिनामा नेपालगञ्ज नाका हुँदै पाँच अर्ब आठ करोड ७० लाख रुपैयाँ मूल्यको चामल भित्रिएको छ । ९७ हजार ७ सय ३२ मेट्रिकटन चामल नेपालगञ्ज नाका हुँदै भित्रिएको हो ।

भारतबाट आयात गरिएको चामलबाट भन्सार कार्यालयले चैत्र मसान्तसम्म ३९ करोड २६ लाख ५१ हजार २ सय ३२ रुपैया राजश्व संकलन गरेको छ । बाँके, बर्दिया र दाङमा राम्रो धान उत्पादन हुने भए पनि मागअनुसार उत्पादन बढाउन नसक्दा पछिल्लो समय करोडौँ मूल्यको चामल भारतबाट आयात गर्नुपर्ने बाध्यता छ ।

नेपालले भारतसँगै चीन, थाइल्याण्ड र बंगलादेशबाट पनि चामल आयात गर्दछ ।

प्रकाशित समय : १४:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु