गृहपृष्ठ बझाङमा जिपको ठक्करबाट एकको मृत्यु
बझाङमा जिपको ठक्करबाट एकको मृत्यु
बझाङको जयपृथ्वी नगरपालिकामा जिपले किचेर एक जनाको ज्यान गएको छ ।
जयपृथ्वी नगरपालिका–११ धामीलेकमा शुक्रबार बेलुका से१ज ७७६ नंको जिप दुर्घटना हुँदा सोही स्थानीय ३० वर्षीया भगवती जोशीको घटनास्थलमै मृत्यु भएको हो । जोशी घर पुगेर जिपबाट ओर्लदा जिप पछाडि सरेपछि किचेर मृत्यु भएको स्थानीयवासीको भनाइ छ ।
जिपका चालक दुर्घटनापछि फरार रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
प्रकाशित समय : १५:४८ बजे



















