गृहपृष्ठ तीन दिन हावाहुरीसहित चट्याङ र वर्षाको सम्भावना
तीन दिन हावाहुरीसहित चट्याङ र वर्षाको सम्भावना
आजदेखि देशका अधिकांश स्थानको मौसममा बदली हुने भएको छ । अबको तीन दिनसम्म हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसोदेखि आंशिक बदली रही केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको र यस्तो अवस्था आइतबारसम्म जारी रहने विभागले जनाएको छ ।
आगामी तीन दिनको मौसम
वैशाख २८ गते
दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ । राति देशभरि आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
वैशाख २९ गते
दिउँसोस् देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ । राति स्देशभरि आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ ।
वैशाख ३० गते
दिउँसो देशभरि आंशिक देखि सामान्य बदली रही पश्चिमका थोरै स्थानमा र मध्य र पूर्वका धेरै स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ । राति देशभरि आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानमा र मध्य र पूर्वका धेरै स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ ।
प्रकाशित समय : १६:५७ बजे



















