गृहपृष्ठ Flash News
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन् । पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनै पूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका ६०७ विदेशी पर्यटक बेपत्ता भएको जानकारी दिए...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री राहत कोषमा जनही न्यूनतम १५ हजार रुपैयाँ योगदान गर्ने भएका छन्। रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार संसदीय दलका पदाधिकारीबीच भएको अनौपचारिक छलफलबाट सदस्यहरूको तर्फबाट थप जनही १५...
काठमाडौं । नागरिक लगानी कोषको पुँजी वृद्धि, लगानीको क्षेत्र विस्तार तथा सञ्चालक समिति र कार्यकारी निर्देशकको जिम्मेवारीलाई थप स्पष्ट बनाउने गरी ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ प्रक्रिया अघि बढेको छ । ऐन कार्यान्वयनका क्रममा देखिएका...
जाजरकोट- कर्णाली प्रदेश सभाको आठौं अधिवेशन सोमबार मध्यरातिदेखि अन्त्य गर्ने निर्णय भएको छ । सोमबार बसेको कर्णाली मन्त्रिपरिषद् बैठकले प्रदेश सभा अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको उद्योग, पर्यटन, वन तथा बाताबरणवातावरण मन्त्री एवं सरकारका प्रवक्ता कल्याणी खड्काले...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरुसँग छलफल सुरु गरेका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ः०० बजे सुरु भएको छलफलमा नुवाकोटका प्रतिनिधिसभा सदस्यहरु डा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तारसँगै जनतासँग प्रत्यक्ष संवाद र स्थानीय मुद्दा पहिचानको अभियानलाई निरन्तरता दिएको जनाएको छ । रास्वपा डोटी जिल्ला सभापति केशब बलायरले २०७९ सालदेखि जिल्लामा संगठन निर्माणको काम जारी...
काठमाडौं । हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर सोमबार बिहान ३ बजेदेखि चारै ढोका खोलिने भएको छ । पशुपति क्षेत्र विकास कोषले आइतबार पत्रकार सम्मेलन गर्दै तीजका दिन व्रतालु महिला, दर्शनार्थी तथा भक्तजनलाई सहज, व्यवस्थित र सुरक्षित रूपमा दर्शन गराउने...
काठमाडौं । काठमाडौं महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगर प्रहरी बललाई काठमाडौंको सुव्यवस्थापनका लागि अहोरात्र खटिने संयन्त्रका रूपमा अघि बढाउनुपर्ने बताएकी छन्। आइतबार महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव समारोहमा बोल्दै डंगोलले महानगर प्रहरी बल महानगरपालिकाको संगठन र संरचना मात्र नभई...
मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक अर्ब ७८ करोड ४४ लाख राजस्व संकलन भएको छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट माल वस्तुको...
चितवन । कालिका नगरपालिकाले आफ्नै कार्यालयबाट ‘स्मार्ट कार्ड’ चालक अनुमति पत्र (लाइसेन्स) वितरण सेवा सुरु गरेको छ । यातायात व्यवस्था कार्यालय भरतपुरसँगको सहकार्यमा नगरपालिकाले सेवाग्राहीलाई आफ्नै भवनबाट सवारी चालक अनुमति पत्र वितरण गर्ने व्यवस्था मिलाएको नगरप्रमुख विनोद रेग्मीले बताए ।...












