गृहपृष्ठ शिक्षा/स्वास्थ्य
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को १२ औं शैक्षिक मेला बिहिबारदेखि भृकुटीमण्डपमा शुरु भएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मेलाको उद्द्दाटन गरे । मन्त्री ज्ञवालीले विदेशमा नेपाली विद्यार्थीलाई पढाउन पठाए जस्तै नेपाललाई पनि विदेशी विद्यार्थीका लागि शैक्षिक गन्तव्य बनाउन सकिने...
डा. गोविन्द केसी काठमाडौँ आउन नमानेपछि सरकारले राष्ट्रिय चिकित्सा विधेयक संसदीय प्रक्रियामा लैजाने भएको छ । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले चिकित्सा विधेयक संसदीय प्रक्रियामा लैजान बताएका हुन् । बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले केसीलाई सरकारले काठमाडौँ...
जुम्लामा अनसनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई काठमाडौँ ल्याउने तयारी गरिएको छ । सत्तारुढ दलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नै केसीलाई काठमाडौँ ल्याउन पहल गर्ने भएको हो । केसीको स्वास्थ्यबारे जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल रिपोर्टपछि प्रधानमन्त्री निवास बालुवाटारमा...
दोलखाको एक सरकारी विद्यालयले सुविधासम्पन्न विद्यालय भवन निजी बैंकलाई भाडामा दिएको छ । विद्यार्थी भने टहरामा पढ्न बाध्य छन् । मेलुङ गाउँपालिका–४ मा रहेको भीम माध्यमिक विद्यालयको भवन सानिमा बैंकलाई मासिक १५ हजार रुपैयाँका दरले भाडामा दिइएको हो । ‘बैंकको...
काठमाडौँ उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न दिन नहुने मुख्य मागसहित डा. केसी १९ दिनदेखि जुम्लामा अनसन बसेका छन् । तर, सरकार काठमाडौंमा थप मेडिकल कजेल खोल्न दिनुपर्ने भन्दै केसीको यो माग पूरा गर्न असहमति जनाइरहेको छ । जसले गर्दा...
नेपालकै चर्चित समता फाउन्डेसनद्वारा सञ्चालित समता शिक्षा निकेतन विराटनगरमा अध्ययनत विद्यार्थीले अर्कै विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनुपरेको तथ्य फेलापरेको छ । विद्यालयको लापर्बाहीका कारण समताका १९ विद्यार्थीले सञ्जीवनी वैकल्पिक विद्यालयको नामबाट एसईई परीक्षा दिनुपरेको हो । समतामा १० कक्षासम्म...
सरकारले अनसनतरत डा. गोविन्द केसीलाई चिकित्सा शिक्षा सुधारका सरकारी कदममा सहयोग गर्न आग्रह गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा सुधारका लागि सरकार आफैँ गम्भीर रहेको जनाएको छ । मन्त्रालयले विज्ञप्तिमार्फत चिकित्सा शिक्षा सुधारमा...
चिकित्सा शिक्षाका लागि वार्षिक पाँच सयभन्दा बढी विद्यार्थी विदेशिने गरेको पाइएको छ । हरेक वर्ष नेपालका पाँच मेडिकल कलेजमा पढ्ने विद्यार्थीबराबरको संख्या विदेशिने गरेको पाइएको हो । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा नेतृत्वको आयोगले आगामी १० वर्षसम्म मेडिकल कलेज खोल्न...
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालालाई सरकारले अपमानजनक ढंगले नियन्त्रणमा लिएको भन्दै पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघले आपत्ति जनाएको छ । प्राध्यापक संघले बुधबार विज्ञप्ति निकाल्दै क्यानडामा हुने विश्व संस्कृत सम्मेलनमा भाग लिन जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा...
सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरेसँगै स्थानीय सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्न थालेका छन् । जिल्लाको बगनासकाली गाउँपालिकाले युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यको थालनी गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी...













