global ime bank Long Banner Ad

गृहपृष्ठ सरिता गिरीको स्थानमा लिलादेवी सिटौला भइन् सांसद

सरिता गिरीको स्थानमा लिलादेवी सिटौला भइन् सांसद

सरिता गिरीको स्थानमा लिलादेवी सिटौला भइन् सांसद

जनता समाजवादी पार्टी (जसपा)का समानुपातिक सांसदमा लिलादेवी सिटौला चुनिएकी छन् । निर्वाचन आयोगले जसपाको सिफारिसमा खसआर्य समूहको रिक्त भएको सरिता गिरीको स्थानमा सोही समूहको समानुपातिक उम्मेदवारको बन्दसूचीको २ नम्बरमा नाम रहेकी सिटौलालाई निर्वाचित घोषणा गरेको हो ।

गिरीले देशको भूअखण्डतासँग सम्बन्धित निशान छाप परिवर्तनका लागि भएको संविधान संशोधनसम्बन्धी प्रस्तावमा मतदान गर्ने पार्टीको ह्वीप उल्लंघन गरेका कारण पार्टीले कारबाही गरेको थियो ।

अब छिट्टै प्रतिनिधिसभाको सभामुखद्वारा नवनिर्वाचित सांसद सिटौलालाई सपथ ग्रहणका लागि समय मिलाउने जानकारी प्राप्त भएको छ ।

यसअघि आफूलाई पार्टीले विधानविपरीत सांसदबाट हटाउन निर्णय गरेकाले पदमा रहिरहन पाउनु पर्ने गिरीको माग सर्वोच्चले खारेज गरिदिएको थियो । पार्टी र संसद सचिवालयको निर्णयविरुद्ध अन्तरिम आदेशमार्फत रोक लगाउन माग गर्दै उनले सर्वोच्चमा निवेदन दायर गरेकी थिइन् ।

प्रकाशित समय : २२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु