गृहपृष्ठ पछिल्लो २४ घन्टाभित्र १३९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८,७५२ पुग्यो
पछिल्लो २४ घन्टाभित्र १३९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८,७५२ पुग्यो
देशका विभिन्न ठाउँमा स्रोत पत्ता नलागेका कोरोना संक्रमित फेला पर्न थालेका छन् । पछिल्लो २४ घन्टामा १ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसमध्ये ललितपुरका ३ र काठमाडौंका ३ जना रहेका छन् ।
सोमबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका १ सय ३९ जनासहित देशभर संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको जानकारी दिए । यसमध्ये सक्रिय संक्रमितको संख्या ४ हजार ९५० रहेको पनि प्रवक्ता गौतमले बताए ।
सोमबार निको भएर ६२६ जना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म १३ हजार ७५४ जना डिस्चार्ज भइसकेको मन्त्रालयले जनाएको छ ।
हालसम्म ४८ जनाले कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । यस्तै पाँचथर,भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित समय : २२:११ बजे



















