global ime bank Long Banner Ad

गृहपृष्ठ थप ३११ जनामा कोरोना संक्रमण, एकको मृत्यु

थप ३११ जनामा कोरोना संक्रमण, एकको मृत्यु

थप ३११ जनामा कोरोना संक्रमण, एकको मृत्यु

नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै ३११ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या १९ हजार ६३ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप एक जनाको ज्यान गएको छ । अहिलेसम्म ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ । त्यस्तै कोरोना जितेर घर फर्किनेको संख्या पनि १३ हजार ८७५ पुगेको छ । मंगलवार मात्रै देशभर १२१ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म तीन लाख ५२ हजार ३०७ जनाको पीसीआर परीक्षण गरिएको छ । गएको २४ घण्टामा मात्रै पाँच हजार ३२ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

प्रकाशित समय : २२:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु