global ime bank Long Banner Ad

गृहपृष्ठ कालिकोट बाढीपहिरोले ४ घर बगाउँदा ६ जना बेपत्ता

कालिकोट बाढीपहिरोले ४ घर बगाउँदा ६ जना बेपत्ता

कालिकोट बाढीपहिरोले ४ घर बगाउँदा ६ जना बेपत्ता

कालिकोटको रास्कोट नगरपालिकामा पहिरो सहितको बाढीले चार घर बगाउँदा ६ जना बेपत्ता भएका छन् । सोमबार रातिदेखि आएको अबिरल वर्षाको कारण बाढीपहिरोले घर बगाएको हो ।

नगरपालिकाको वडा नं. १ स्थित जयबहादुर शाहीको घर बगाउँदा एकैघरका ५ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका इन्स्पेक्टर यक्षराज जोशीले जानकारी दिए । उनका अनुसार जयबहादुर शाहीको घरमाथिबाट आएको पहिरोमा परी उनकी १२ वर्षीय छोरी कौशी, ८ वर्षीय छोरी नविना, उमेर खुल्न नसकेकी अर्की छोरी संगीता र भदैनी नाता पर्ने १५ वर्षीय अमीता शाही घरभित्रै थुनिएका हुन् । त्यस्तै सोही वडाका टेक टमटाको घर बगाउँदा घरभित्रै रहेकी बेलपुरा शाहीसमेत बेपत्ता भएकी इन्स्पेक्टर जोशीले बताए ।

इन्स्पेक्टर जोशीका अनुसार नगरपालिकाको वडा नं. ९ मा रहेको बिष्णुबहादुर बुटथापा र पदमबहादुर बुटथापाको दुईतले पक्की घरसहित सोही स्थानमा रहेको पुलसमेत बाढीले बगाएको छ । ‘घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ । अहिले पनि मुसलधारे पानी परिरहेकाले उद्धारमा समस्या भएको छ,’ उनले भने ।

प्रकाशित समय : २१:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु