global ime bank Long Banner Ad

गृहपृष्ठ १५ केजी ‘सुन’को ‘शंकास्पद’ अपरेसन छानबिन गर्न समिति गठन

१५ केजी ‘सुन’को ‘शंकास्पद’ अपरेसन छानबिन गर्न समिति गठन

१५ केजी ‘सुन’को ‘शंकास्पद’ अपरेसन छानबिन गर्न समिति गठन

काठमाडौंको कमलादीमा मंगलबार बिहान सुनकाे जलप लगाइएकाे साढे १४ किलो चाँदी र आधा केजी सुन फ्याँकेर भाग्ने गाडीलाई पक्राउ गर्न नसकेको विषयमा छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपक थापाको नेतृत्वमा समिति गठन भएको हो ।

समितिमा एसएसपी किरण बज्राचार्य, एसपी सोमेन्द्रसिंह राठौर, डीएसपी दुर्गा दाहाल र राजकुमार केसी छन् । समितिले सुन प्रकरणमा प्रहरी अधिकृतहरुबाट भएको कमजोरीको विषयमा छानबिन गर्ने छ ।

प्रहरी अधिकारीमाथि प्रश्न उठेपछि छानबिन समिति गठन गरिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले बताए । उनका अनुसार समितिले गाडी भाग्न सफल हुनुको कारण प्रहरीको कमजोरी मात्र हो कि कुनै नियत पनि थियो ? भन्ने विषयमा छानबिन गर्नेछ ।

चेकजाँचको क्रममा नरोकिएपछि पछ्याउँदा बा. ६ च ५५१९ नम्बरको सो स्कार्पियो गाडी कपडाको सेतो झोला फ्याँकेर भागेको प्रहरीको भनाइ छ । झोलाभित्रबाट प्रहरीले १ केजी लेखिएको ८, २५० ग्राम लेखिएको २६ र ५०० ग्राम लेखिएको एक थान पहेंलाे धातु तथा दुई थान पेस्तोल र म्यागजिन पनि बरामद गरेको छ ।

प्रकाशित समय : २०:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु