global ime bank Long Banner Ad

गृहपृष्ठ २१० जना कोरोना संक्रमित थपिए, १४६ जना डिस्चार्ज

२१० जना कोरोना संक्रमित थपिए, १४६ जना डिस्चार्ज

२१० जना कोरोना संक्रमित थपिए, १४६ जना डिस्चार्ज

कोरोनाभाइरस संक्रमितको संख्या केही दिनयता फेरि बढ्न थालेको छ । पछिल्लो २४ घन्टाभित्र विभिन्न जिल्लाका २ सय १० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार थपिएकासहित देशैभर संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ । गत २४ घण्टामा १४६ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको कुलसंख्या १४ हजार २१ पुगेकाे छ ।

प्रवक्ता डा. गाैतमले पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाकाे पीसीआर परीक्षण भएकाे बताए । यस्तै हालसम्म देशभर १४ हजार ४ सय ७१ जना क्वारेन्टिनमा रहेका छन् । ४९ जनाको काेराेना संक्रमणका कारण ज्यान गएको छ ।

प्रकाशित समय : २२:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु