global ime bank Long Banner Ad

गृहपृष्ठ २३ अंकले घट्यो नेप्से, १८७ कम्पनीको ३८ लाख ३९ हजार कित्ता सेयर किनबेच

२३ अंकले घट्यो नेप्से, १८७ कम्पनीको ३८ लाख ३९ हजार कित्ता सेयर किनबेच

२३ अंकले घट्यो नेप्से, १८७ कम्पनीको ३८ लाख ३९ हजार कित्ता सेयर किनबेच

बुधबारको नेप्से परिसूचक २३.३६ अंकले घटेर १४३१ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.६१ प्रतिशतले गिरावट हो ।

बजारमा कूल एक अर्ब ६८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दिनभर एक सय ८७ कम्पनीको ३८ लाख ३९ हजार ६ सय ७१ कित्ता सेयर सो मात्रामा कारोबार भएको हो । जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बिमा कम्पनीको सेयर किनबेच भएको छ । कम्पनीको १५ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५ सय ८४ रुपैयाँ पुगेको छ ।

दाेहाेराे अंकले घटेकाे सेयर बजारमा कारोबार आएकामध्ये जीवन बिमा समूह सबैभन्दा बढी १९० अंकले घटेको छ । त्यस्तै, निर्जीवन बिमा १५९, होटल ५९, माइक्रोफाइनान्स ५५, उत्पादनमूलक ४९, बैंकिङ र विकास बैंक २१ अंकले घटेको छ ।

प्रकाशित समय : २३:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु