global ime bank Long Banner Ad

गृहपृष्ठ कैलालीमा बाढी र डुबान : थप १ जना बेपत्ता

कैलालीमा बाढी र डुबान : थप १ जना बेपत्ता

कैलालीमा बाढी र डुबान : थप १ जना बेपत्ता

कैलालीमा बाढीमा परेर थप एक जना बेपत्ता भएका छन् । जानकी गाउपालिका वडा नम्बर २ का ओभी सुनार बाढीमा बेपत्ता भएको सशस्त्र प्रहरी बल, नेपाल नं ३४ गण हेडक्वाटर कैलालीका एसपी कमल प्रसाद तिमिल्सिनाले बताए ।

एसपी तिमिल्सिनाका अनुसार वेपत्ता सुनारको खोजी भईरहेको छ । यस्तै हिजो भजनी नगरपालिका- ८, खौरपुरका ४० वर्षीय ईश्वर शाह, ३३ वर्षीय चक्र विक र जनकपुरका ११ वर्षीय स्केल चौधरी बेपत्ता भएका थिए । उनीहरुको पनि खोजी कार्य जारी रहेको एसपी तिमिल्सिनाले बताए । गाउँमा पसेको पथरैया र कान्द्रा नदीको बाढीले उनीहरूलाई बगाएको थियो ।

बुधबार दिउँसो खोलामा बगेर बेपत्ता भएका भजनी- ८ कै ४० वर्षीय बलराम चौधरी, सोही वडाकी बिक्की शाही र हेमन्त शाहीलाई पनि सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ ।

प्रकाशित समय : १७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु