global ime bank Long Banner Ad

गृहपृष्ठ निर्मला हत्या प्रकरण : कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ

निर्मला हत्या प्रकरण : कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ

निर्मला हत्या प्रकरण : कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानका क्रममा लापर्बाही गरेको भन्दै निलम्बन र बर्खास्तमा परेका प्रहरीलाई अदालतले सफाइ दिएको छ । कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले बिहीबार उनीहरूलाई सफाईको फैसला सुनाएको हो ।

उनीहरूविरूद्ध निर्मलाकी आमा दुर्गा देवी पन्तले प्रमाण नष्ट गरेको आरोपमा उजुरी दिएकी थिइन् । घटना अनुसन्धान गरेका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट, केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टरद्वय एकीन्द्रबहादुर खड्का र जगदीशप्रसाद भट्ट, सईहरू हरसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउदमाथि पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको मुद्दा लागेको थियो ।

अदालत श्रेष्तेदार यदुराज शर्माका अनुसार उनीहरुलाई आज अदालतले सफाइ दिएको हो । निर्मलाकी आमाको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालयको कञ्चनपुरको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमार्फत उक्त मुद्दा जिल्ला अदालतमा दर्ता भएको थियो ।

२०७५ साउन ११ गते बिहान निर्मलाको शव बलात्कारपछि हत्या गरेको अवस्थामा कञ्चनपुर भीमदत्त नगरपालिका- १८ स्थित उखुबारीमा फेला परेको थियो । उक्त बलात्कार-हत्याका वास्तविक दोषी अहिलेसम्म पनि पत्ता लागेका छैन ।

प्रकाशित समय : २२:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु