गृहपृष्ठ थप २७४ जनामा कोरोना संक्रमण पुष्टि, २२७ डिस्चार्ज
थप २७४ जनामा कोरोना संक्रमण पुष्टि, २२७ डिस्चार्ज
पछिल्लो २४ घन्टामा २ सय ७४ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएकासहित देशभर संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको जानकारी दिए ।
गएको २४ घण्टाभित्र देशभरका विभिन्न अस्पतालमा उपचार गराइरहेका २ सय २७ जना संक्रमितहरू कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म १४ हजार २ सय ४८ जना उपचारपछि घर फर्किएकाे मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार बिहीबार ६ हजार ३०४ जनाको पीसीआर परीक्षण गरिएकाे छ । हाल देशभर १३ हजार २ सय १ जना क्वारेन्टिनमा रहेका छन् । बिहीबारसम्म देशभर ५ हजार २ सय २७ जना सक्रिय संक्रमित रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म ५२ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् ।
प्रकाशित समय : २२:२९ बजे



















