गृहपृष्ठ कुबेत आउन-जान नेपालीमाथि प्रतिबन्ध
कुबेत आउन-जान नेपालीमाथि प्रतिबन्ध
प्रमुख श्रम गन्तव्यमध्येको कुबेतले अगस्त १ तारिख (१७ साउन)देखि आफ्नो अन्तर्राष्ट्रिय उडान खुला गरे पनि नेपालीहरूले त्यहाँ जान र त्यहाँबाट उडान गर्न नपाउने भएका छन् ।
कुबेतको नागरिक उड्डयन (कुबेत सिभिल एभिएसन)ले एक सूचना प्रकासित गरी अगस्ट १ बाट कुबेती विमानस्थलहरू उडानका लागि खुला गरिए पनि नेपालसहित ७ मुलुकका नागरिकलाई उडानमा प्रतिबन्ध लगाइएको छ ।
नेपालबाहेक भारत, फिलिपिन्स, पाकिस्तान, बंगलादेश, श्रीलंका र इरानका नागरिकलाई सम्बन्धित मुलुकहरूबाट कुबेत वा त्यहाँ हुदै जान वा आउनमा रोक लगाइएको हो । यी सबै कुबेतलाई श्रमिक आपूर्ति गर्ने मुलुकहरु हुन् ।
प्रकाशित समय : २२:३७ बजे



















