global ime bank Long Banner Ad

गृहपृष्ठ कर्णालीमा कोरोना : ५ जिल्लाका थप २२ जनालाई संक्रमण पुष्टि

कर्णालीमा कोरोना : ५ जिल्लाका थप २२ जनालाई संक्रमण पुष्टि

कर्णालीमा कोरोना : ५ जिल्लाका थप २२ जनालाई संक्रमण पुष्टि

कर्णाली प्रदेशका थप २२ जनामा बिहीबार कोरोनाभाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । सुर्खेत, दैलेख र रुकुमपश्चिममा गरिएको आरटी-पीसीआर परीक्षणबाट पाँच जिल्लाका २२ जना संक्रमित थपिएका हुन् ।

कर्णाली प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा मुगुका १,सल्यानका ३ र सुर्खेतका ७ गरी ११ जनामा संक्रमण देखिएको हो । मुगुको छायाँनाथ रारा नगरपालिकाका ३५ वर्षीय पुरुष, सल्यानको कालिकाटी गाउँपालिकाका २४ र ३१ वर्षीय पुरुष, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका ४ पुरुष तथा पञ्चपुरी नगरपालिका २ पुरुष र १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।

त्यस्तै दैलेखको आठबिस नगरपालिकाका १ पुरुष र १ महिला, भगवतीमाई गाउँपालिकाका १ पुरुष, महाबु गाउँपालिकामा ७ पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो । यसैगरी चौरजहारी रुकुमको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा भेरी नगरपालिका जाजरकोटका ३० वर्षीय पुरुषमा समेत कोरोना संक्रमण देखिएको महाशाखाले जनाएको छ ।

योसँगै कर्णालीमा कोरोनाभाइरस (कोभिड- १९) बाट संक्रमित हुनेको संख्या १ हजार ९ सय ३७ पुगेको छ । त्यस्तै बिहिबार प्रदेशभर १५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म कर्णालीमा कोरोनाभाइरस (कोभिड- १९)को संक्रमणबाट मुक्त हुनेको संख्या १ हजार ६ सय ९७ पुगेको छ ।

प्रकाशित समय : २३:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु